मंगलबार, जेठ २६, २०८३

गोसाइँकुण्ड पुग्ने भक्तजनलाई खुवाउन अन्न ढुवानी

१४ भदौ जनैपूर्णिमासम्म लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्न १५ हजार बढी  भक्तजन नीलाद्री पर्वत पुग्ने आँकलन।
 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

रसुवा–गोसाइँकुण्ड पुग्ने भक्तजनलाई भोजन व्यवस्था मिलाउन खाद्यान्न ढुवानी गरिएको छ।

National life

१४ भदौ जनैपूर्णिमासम्म लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्न १५ हजार बढी  भक्तजन  नीलाद्री पर्वत पुग्ने आँकलन गर्दै स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गरेका हुन्।

तीर्थाटनका लागि फाट्टफुट्ट भक्तजन आउने क्रम सुरु भइसकेको र धार्मिक मार्गअन्तर्गत खन्ती, देउराली,  डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसम्म खच्चरद्वारा खाद्यान्न ढुवानी गर्ने काम सम्पन्न भएको छ।

होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले धार्मिक मार्गअन्तर्गत खन्तीदेखि गोसाइँकुण्डसम्म ३० टन चामल, १० टन दाल, ३० टनभन्दा बढी आलु,  पाँच हजार लिटर खाने तेललगायत खाद्य सामग्री ढुवानी भइसकेकाले यात्रुलाई भोजनको समस्या नपर्ने बताए।

देशका विभिन्न क्षेत्रबाट आएका भक्तजन धुञ्चेमा बास बसेर गोसाइँकुण्ड जाने गरेका छन्। गोसाइँकुण्डको तीर्थका लागि एक रात धुञ्चे अर्काे दिन चन्दनबारीमा बास बस्दा सहज हुने गर्छ।

Shivam cement

उकालोमा आवश्यक पर्ने लठ्ठी, बाँस, निगालोको व्यवस्था गरी ल्याउन र धार्मिक क्षेत्रका वन जंगलको कुनै पनि वनस्पति नमास्न तीर्थालुलाई अनुरोध गरिएको होटल व्यवसायी संघले जनाएको छ।–रासस

प्रकाशित: Aug 24, 2023| 10:59 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्