मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बारामा तीर्थयात्री सवार बस  दुर्घटना, एक नेपाली र ६ भारतीयको मृत्यु

बारामा तीर्थयात्री सवार बस  दुर्घटना, एक नेपाली र ६ भारतीयको मृत्यु

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

बारा- बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने ७ मध्ये ३ जनाको सनाखत भएको छ।

National life

बाराका  डिएसपी दलिराम न्यौपानेका अनुसार मृतकहरूमा महोत्तरीको लोहार पटी बस्ने बर्ष ४१ को बिजय लाल पण्डित, भारत राजस्थान बस्ने अन्दाजी ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मिरा देबी छन्। बाँकी ३ महिला र एक पुरूषको परिचय खुलाउने प्रयास भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए।

 

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो। बसमा सवार २६ जनामध्ये ७ जनाको मृत्यु भएको डिएसपी न्यौपानेले जनाकारी दिए । मृत्यु हुनेमा एक जना नेपाली र ६ जना भारतीय नागरिक रहेको उनले बताए। 

घाइते यात्रुको मकवानपुरको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Shivam cement

आज बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो। तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Aug 24, 2023| 08:57 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्