मंगलबार, जेठ २६, २०८३

विमान दुर्घटनामा मारिए रुसको वागनर समूहका प्रमुख प्रिगोजिन

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जना सवार विमान दुर्घटना भएको छ। दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको रुसी अधिकारीहरुले बताएका छन्।

National life

रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ। विमान रुसको तेवेर सहरमा दुर्घटना भएको हो। विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन। दुर्घटनापछि विमानमा आगो लागेको थियो।

वागनर भाडाका सैनिकहरुको समूह हो। यो समूहका लडाकुहरु पैसाका लागि लड्छन्। रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ।

युक्रेनविरुद्धको लडाइँमा रुसी सेनाले आफूहरुलाई पर्याप्त हतियार नदिएको भन्दै वागनर समूह असन्तुष्ट थियो। यसअघि गत जुनमा आफ्ना असन्तुष्टिका बीच वागनर समूहले युक्रेनबाट फर्किएर रुसकै रोस्तोव सहर कब्जा गरेर बसेको थियो।

आफ्ना मागको सुनुवाइ नभए राजधानी मस्को कब्जा गर्ने धम्की दिएपछि रुसमा हलचल नै मच्चिएको थियो। पछि वागनर समूह आफैं पछि हटेको थियो। रक्तपात रोक्नका लागि विद्रोह स्थगित गरेको भन्दै प्रिगोजिन बेलारुस गएका थिए।

Shivam cement

वागनर समूहको धम्की सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई धोका दिने हरेक व्यक्तिले दण्ड भोग्नुपर्ने चेतावनी दिएका थिए।

प्रकाशित: Aug 24, 2023| 06:16 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्