मंगलबार, जेठ २६, २०८३

त्रिशूली बस दुर्घटना: तीव्र गति, जीवन क्षति

 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

काठमाडौं- काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस तीव्र गतिकै कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

National life

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसले अगाडिको गाडी उछिन्ने क्रममा अथवा सडकको खाल्डो छलाउन खोज्दा अनियन्त्रित भई सब त्रिशूलीमा खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ।

बस खसेको स्थानको कुनापट्टि पानीको छाँगो छ। त्यही छाँगोको पानी कटाउने रेलिङ बिनाको सानो पुल छ। पुल भएको नजिकै सडकमा दुई मिटर जति लम्बाइको खाल्डो छ। पुल र छहराले गर्दा त्यो स्थानबाट दोहोरो सवारी पास हुन हम्मेहम्मे छ।

प्रहरी उपरीक्षक गौतम भने, ‘कि त अगाडिको गाडी उछिन्ने क्रममा अनियन्त्रित भयो कि खाल्डो छलाउन खोज्दा चालक आत्तिएर बस अनियन्त्रित भयो। सडक र चालककै कमजोरीले दुर्घटना भएको हुनसक्छ।’

रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रो पटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ। काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा दुई जना महिलासहित आठ जनाको मृत्यु भएको छ। सत्र जना घाइते भएका छन्। एक जना बेपत्ता भएको आशङ्कामा खोजीकार्य जारी छ।

Shivam cement

प्रकाशित: Aug 23, 2023| 21:14 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्