सोमबार, असार ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सांसद विकास कोष कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सांसद विकास कोष कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

 |  बुधबार, भदौ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

vianetvianet

काठमाडौं- आर्थिक वर्ष २०८०-०८१ को बजेटमार्फत संघ र प्रदेश सरकारले ल्याएका सांसद् विकास कोषसम्बन्धी कार्यक्रमहरु कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरको छ। 

संघीय सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरिएका प्रतिनिधिसभा र सबै प्रदेश सभाका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू कार्यान्वयन नगर्न बुधबार अन्तरिम आदेश जारी गरेको हो। 

सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त आदेश जारी गरेको हो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको संवैधानिक इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्दसमेतको रिट निवेदनमा सुनुवाइ गर्दै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

'संविधानको शब्द, भाव र मर्मसमेतलाई दृष्टिगत गर्दा विनियोजन ऐन, २०८० को रूपमा पारित आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर ४४५ सँग सम्बन्धित व्यवस्था,' आदेशमा भनिएको छ, 'र सातवटै प्रदेशका व्यवस्थापिकाहरूको आर्थिक वर्ष २०८०/८१ को विनियोजन ऐनमा व्यवस्था गरिएका समान प्रकृतिका संसदीय क्षेत्र पूर्वाकार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू तथा ती व्यवस्थाहरूको लागि छुट्याइएको विनियोजित रकम खर्च गर्ने कार्य प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नू/नगराउनू।'

sansad-bikash-kosh-11692797465.jpg

sansad-bikash-kosh-21692797465.jpg

प्रकाशित: Aug 23, 2023| 19:14 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्