मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सभापति देउवाद्वारा धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

 |  बुधबार, भदौ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु, केही बेपत्ता र केही गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। 

सभापति देउवाले विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन्। साथै उनले बेपत्ता भएकाको खोजी कार्यलाई तीव्र पार्न र घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ।

सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्-गराउन सरकारको ध्यानाकृष्टसमेत गराएका छन्। 

प्रकाशित: Aug 23, 2023| 19:06 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्