बुधबार, जेठ २७, २०८३

नवजात शिशुलाई बेपत्ता पार्ने ६ जना पक्राउ

ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत १४ असारमा रकम लेनदेन गरी बेपत्ता पारिएको घटनामा संलग्नता रहेको खुलेपछि ६ जनालाई प्रहरी पक्राउमा परेका हुन्।
 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

काठमाडौं– प्रहरीले विराटनगर महानगर–९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ।

National life

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ घर भई दीपेश मेडिकल हल सञ्चालक ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, वडा–९ बस्ने ग्रिनक्रस अस्पतालमै कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका–२ की ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्यनारायण राजवंशी रहेका छन्।

यस्तै, सिरहा कल्याणपुर नगरपालिका–१२ बस्ने ३८ वर्षीया निर्मला यादव र भोजपुर हतुवागढी गाउँपालिका–४ बस्ने २७ वर्षीय गोविन्द राई रहेका छन्। 

ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत १४ असारमा रकम लेनदेन गरी बेपत्ता पारिएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले डा.कर्ण र गोविन्द राईलाई शुक्रबार तथा अन्य ४ जनालाई मंगलबार पक्राउ गरेको हो।

निजहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरिएको छ। उनीहरूउपर म्याद थप अनुमति लिई प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Aug 23, 2023| 15:18 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्