बुधबार, जेठ २७, २०८३

मृतावस्थामा भेटिए चार जना 

प्रहरीले गोरखा, पर्सा, सोलु, नवलपरासी पूर्वबाट मृतावस्थाका चार जनालाई फेला पारेको हो।
 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

काठमाडौं– विभिन्न स्थानबाट चार जना मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

National life

गोरखाको आरुघाट गाउँपालिका–९ र भीमसेन थापा गाउँपालिका–३ को सिमानास्थित स्टिल खोला र बूढीगण्डकी नदीको दोभानमा गोरखा नगरपालिका–१ अज्मरेका ७६ वर्षीय हरिप्रसाद भट्ट मंगलबार मृतास्थामा फेला परेका छन्। 

यस्तै, पर्साको पर्सागढी नगरपालिका–३ झब्राहास्थित धान खेतमा सोही नगरपालिका–५ का ३५ वर्षीय भगवान् साह मंगलबार मृतावस्थामा फेला परेका छन्। सोलुखुम्बुको सोताङ गाउँपालिका–४ बुरगमका  ६९ वर्षीय गोरे तामाङ सोही ठाउँ बस्ने देवान सिंह राईको घरमा मंगलबार मृतावस्थामा फेला परेका छन्।

साथीको घरमा पाहुना आई सोमबार बेलुकी खाना खाई सुतेका उनी बिहान मृत फेला परेका हुन्।

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ लक्ष्मीपुरस्थित पीपल चौतारीमा नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृतावस्थामा फेला परेका छन्। सबै घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Aug 23, 2023| 14:33 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्