मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी

धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी

 |  बुधबार, भदौ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

vianetvianet

धादिङ- धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। 

काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो। उद्धारमा खटिएका स्थानीयवासीका अनुसार मृत्यु हुनेमा एक बालिका र एक महिला छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसमा सवारमध्ये १७ जना घाइते छन्। उद्धार गरिएकाहरुमा १३ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

बस नदीमा डुबेकाले यात्रु डुबेको या खोलाले बगाएको आशंकामा गोताखोरको टोलीले थप यात्रुको खोजी गरिरहेको छ। उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटेका छन्। साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान गरिएको छ। तर दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

प्रकाशित: Aug 23, 2023| 13:58 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्