बुधबार, जेठ २७, २०८३

स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

खोटाङ चित्रुङ तुइचुङवा नगरपालिकाका प्रदीप परियारका छोरा १२ वर्षीय सन्देश सुनामको मंगलबार दिउँसो मृत्यु भएको हो।
 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०
National life
Shivam cement

काठमाडौं– मोरङको बूढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित सडकमा ब१प६०१८ नम्बरको सेनम्यारी बोर्डिङ स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

सोही गाउँपालिका–१ मिलन चोक बस्ने खोटाङ चित्रुङ तुइचुङवा नगरपालिकाका प्रदीप परियारका छोरा १२ वर्षीय सन्देश सुनामको मंगलबार दिउँसो मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 23, 2023| 13:48 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्