बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • त्रिशूली नदीमा बस दुर्घटना अपडेटः ८ जनाको मृत्यु, १५ घाइतेको उद्धार

त्रिशूली नदीमा बस दुर्घटना अपडेटः ८ जनाको मृत्यु, १५ घाइतेको उद्धार

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान अनियन्त्रित हुँदा १०ः४० बजे त्रिशुली नदीमा खसेको हो।
 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

काठमाडौं– काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान अनियन्त्रित हुँदा १०ः४० बजे त्रिशुली नदीमा खसेको हो।

National life

बसमा सवार १५ बढी घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए। बसमा सवार यात्रुबारे हालसम्म यकिन जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। दुर्घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले बताएको छ।

यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा कम्तीमा ८ जनाको शव नदीबाट बाहिर निकालिएको गजुरी गाउँपालिका–२ का वडाध्यक्ष दोण कँडेलले जानकारी दिए। बसमा सवार घाइते २० जना जति घाइतेलाई अस्पताल पठाइएको उनको भनाइ छ।

प्रकाशित: Aug 23, 2023| 12:28 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्