बुधबार, जेठ २७, २०८३

पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, क्षति विवरण आउँदै

गजुरी गाउँपालिका–१ छहराबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस  बिहान १०ः४० बजे त्रिशुली नदीमा खसेको धादिङ प्रहरीले पुष्टि गरेको छ।
 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित चालिसेमा काठमाडौंबाट पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा  त्रिशूली नदीमा खसेको छ।

National life

गजुरी गाउँपालिका–१ छहराबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस  बिहान १०ः४० बजे त्रिशुली नदीमा खसेको धादिङ प्रहरीले पुष्टि गरेको छ।

बसमा सवार यात्रुबारे हालसम्म यकिन जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। दुर्घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले बताएको छ।

प्रकाशित: Aug 23, 2023| 12:14 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्