बुधबार, जेठ २७, २०८३

अस्पतालबाटै शिशु बेच्ने डाक्टर पक्राउ

पक्राउ गरेका चिकित्सक तपेश्वरलाल कर्णले मोरङको कटहरीका एक निःसन्तान दम्पतीलाई शिशु बेचेको घटना सार्वजनिक प्रहरीले सार्वजनिक गरेको हो।
 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

काठमाडौं– मोरङ प्रहरीले विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएका शिशु चिकित्सकले नै बेचेको फेला पारेको छ। पक्राउ गरेका चिकित्सक तपेश्वरलाल कर्णले मोरङको कटहरीका एक निःसन्तान दम्पतीलाई शिशु बेचेको घटना सार्वजनिक प्रहरीले सार्वजनिक गरेको हो।

National life

कटहरी गाउँपालिका–२ की दिलमाया राजवंशीलाई डा. कर्णले शिशु बेचेको भनिए पनि रकमबारे अझै जानकारी आइनसकेको मोरङ प्रहरीका डिएसपी रञ्जन दाहालले बताए। शिशु बेचेको भनिएका डाक्टरमाथि आजदेखि अनुसन्धान थालिएको उनको भनाइ छ।

गत ३ असारमा सुनसरी रामधुनी नगरपालिकाकी फूलकुमारी (नाम परिवर्तन) लाई प्रसूति व्यथा लागेपछि विराटनगरस्थित ग्रीनक्रस अस्पताल लगिएको थियो।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलालले चेकजाँच गरेको केही समयपछि छोरी जन्माइन्।

भोलिपल्ट १४ असारमा डिस्चार्ज हुँदा फूलकुमारीको साथमा शिशु नभएपछि चोरीको आशंका गरिएको थियो। त्यसपछि प्रहरीले छानबिन अगाडि बढाएकामा अस्पतालकै डाक्टरले बच्चा बेचेको फेला परेको हो।

Shivam cement

प्रकाशित: Aug 23, 2023| 10:47 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्