बुधबार, जेठ २७, २०८३

स्कुलभित्र पसेको भैंसी प्रहरीले पनि समात्न नसकेपछि...

 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०
National life
Shivam cement

काठमाडौं बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र पसेको भैंसी नियन्त्रणमा लिन प्रहरीले वन कार्यालयको टोलीलाई बोलाउनु परेको छ। डिभिजन वन कार्यालय अन्तर्गतको वन अपराध नियन्त्रण इकाइका प्राविधिकहरुले डार्ट गरेर भैंसीलाई नियन्त्रणमा लिएका छन्।

भैंसी विद्यालयभित्र छिरेपछि विद्यालयले आज भुइँ तलामा विद्यार्थीहरुलाई राखेको छैन। बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए। आतंकितजस्तो देखिने उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र छिरेको थियो।

सशस्त्र र नेपाल प्रहरीको टोलीले भैंसीलाई निगरानी गरेर वनको टोलीलाई बोलाइएको हो।

प्रकाशित: Aug 23, 2023| 10:27 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्