मंगलबार, असार ३१, २०८२

आत्मदाह गरेकी पत्रकार एलिजाको मृत्यु

 |  बुधबार, भदौ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

vianetvianet

पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा)ले आत्महत्या गरेकी छन्। २५ वर्षीया एलिजाले पोखरा-८ जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेकी हुन्।

जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएकोमा त्यहाँबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएको थियो। भोलिपल्ट दिउँसो उनको मृत्यु भएको हो।

चलचित्र पत्रकार संघ कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनले यसअघि माछापुच्छ्रे एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन्। ७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन्।

पोखरा-२० भलाममा २०५५ पुस २७ मा जन्मिएकी एलिजाको गत वर्षमात्र विवाह भएको थियो। उनको पेटमा शिशुसमेत हुर्किंदै गरेको बताइएको छ। उनले आत्मदाह गर्नुको कारण खुलेको छैन।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारी र सचिव सन्तोष बस्यालले शोक विज्ञप्तिमार्फत कार्यसमिति सदस्य क्षेत्रीको असामयिक निधनले संघ परिवार मर्माहत र स्तब्ध भएको जनाएका छन्। 

प्रकाशित: Aug 23, 2023| 08:34 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्