मंगलबार, असार ३१, २०८२

बुबा बितेपछि मन्त्री किराँतीले लेखे यस्तो भावुक स्टाटस

 |  बुधबार, भदौ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

vianetvianet

संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ। बुधबार बिहान मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत आफ्ना बुबाको निधन भएको जनाएका छन्।

बुबाआमासँगको पुरानो तस्बिर सेयर गर्दै मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भर्खरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त बुबा आमा त रहनु भएन रह्यो त केवल खिचि छोडेको तस्बिर आँखामा। पितृत्व र मातृत्व छातीभित्र। आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन। सारा नेपाली मेरो आमा बुवा हुन बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु। नि:शब्द छु तर भन्न बाध्य छु बुबा हार्दिक श्रद्धान्जली!’

गत वर्ष माघमा पहिलो पटक मन्त्री भएपछि सुदन सिधै पक्षाघातले थलिएका बुबा हर्कबहादुर राईलाई भेट्न अस्पताल पुगेका थिए। आफू मन्त्री हुन लागेको कुरा सुनाउँदा बाबु अचम्ममा परेको किराँतीले उल्लेख गरेका थिए।

‘हँ, होइन कुन मन्त्री? रामरामराम साँच्चै हो? होइन यो सपना हो कि विपना हो?,’ बाबुको भनाइ उद्धृत गर्दै किराँतीले उल्लेख गरेका थिए। सुदनले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हुन लागेको कुरा सुनाए। बुबाले कसरी र कसले बनाएको भनेर सोधे।

‘पहिलो त तपाईंहरूले जन्माउनुभयो। दोस्रो, मैले धेरै राजनीतिमा दु:ख गरेँ। तेस्रो, जनताले माया र भरोसा दिए। चौथो, पार्टीले विश्वास गर्‍यो,’ उनले बुबालाई भने। पूर्वलाहुरे हर्कबहादुरले भावुक हुँदै भने, ‘रामरामराम, म उहिले फोक्लेण्डको लाडाइँमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिनँथेँ।’

सुदनले पनि आफू जनयुद्धमा मरेको भए त्यस्तै त हो भने। हर्कबहादुरले आफ्नो वंशमा वडाध्यक्षसम्म कोही नभएकाले मन्त्री भएर राम्रो काम गर्न भनेका थिए। ‘पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो। म मिहिनेत गर्छु। आमाजी त पितृको देशमा हुनुहुन्छ। आज हामीसँगै हुन पाएको भए .....!,’ सुदनले आमा सम्झिँदै भनेका थिए।

प्रकाशित: Aug 23, 2023| 08:14 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्