मंगलबार, असार ३१, २०८२

कस्तो हुनेछ आज काठमाडौंको मौसम ? 

 |  बुधबार, भदौ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

vianetvianet

काठमाडौं उपत्यकामा आज दिनभर मौसम बदली हुनेछ। गए रातिदेखि नै वर्षा भइरहेको काठमाडौं उपत्यकामा आज दिनभर मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

भारी वर्षाको सम्भावना भने छैन। निरन्तर वर्षा नभए पनि छोटो समय रोकिँदै पानी पर्ने क्रम आज दिउँसो र राति पनि चलिरहनेछ।

मनसुन केही दिनयता सक्रिय हुँदा पानी पर्ने क्रम बढेको छ। बिहीबार र शुक्रबार पनि काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको छ। बिहीबार बिहान काठमाडौंको मौसम केही खुले पनि दिउँसोबाट वर्षा हुने सम्भावना छ। शुक्रबार पनि काठमाडौं उपत्यकामा मौसममा बदली भइरहने छ। 
 

प्रकाशित: Aug 23, 2023| 08:03 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्