सोमबार, साउन ११, २०८३

पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

मनसुनको न्यूनचापीय रेखा र  न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज विभिन्न पाँच प्रदेशमा भारी वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल ‍अहिले न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर अवस्थित छ भने नेपालमा भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

न्यूनचापीय क्षेत्रको प्रभावका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आद दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ् सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

भारी वर्षा पूर्वानुमान् गरिएका  क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Aug 23, 2023| 07:53 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्