बुधबार, जेठ २७, २०८३

भारतबाट अवैध आयात हुने कुखुरा रोक्न गृहको निर्देशन

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०
National life
Shivam cement

काठमाडौं- भारतबाट अवैध आयात हुने कुखुरा रोक्न गृह मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन गरेको छ। भदौ ३ गते गृह मन्त्रालयमा भएको सरोकारवाला पक्षसँगको छलफलपछि यस्तो निर्देशन गरिएको मन्त्रालयले जनाएको छ।

खुला सीमा नाकाको फाइदा उठाउँदै भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा भइरहेको भन्दै व्यवसायीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गरेका थिए। सोही गुनासोका आधारमा मन्त्रालयले मंगलबार सीमास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई अवैध कुखुराको आयात रोक्न निर्देशन दिएको हो।

खुला सीमा नाकाबाट हुने गैरकानुनी पशुपन्छी जन्य वस्तुको ओसारपसार गरिए कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले बताएको छ। यस्तो कार्यलाई रोक्न तत्काल सीमा क्षेत्रमा गस्ती बढाउने र अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानून बमोजिम कारबाही गरिने समेत मन्त्रालयले सार्वजनिक सूचना गरेको छ।+

प्रकाशित: Aug 22, 2023| 21:32 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्