बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अझै सुरु भएन हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण

अझै सुरु भएन हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

काठमाडौं- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु हुन सकेको छैन।

National life

बजेट अभावमा विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु गर्न नसकिएको हनुमानढोका दरबार हेरचाह अड्डाका इन्जिनियर रेणु महर्जनले जानकारी दिइन्।

साढे आठ वर्षअघिको भूकम्पले यस क्षेत्रका ७५ सम्पदामा क्षति पुगेको थियो। त्यसमध्ये ४२ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। हाल ११ सम्पदा पुनःनिर्माण हुन बाँकी छ। २२ वटा सम्पदा पुनःनिर्माणमा भने अझै केही हुन नसकेको हो।

हनुमानढोका दरबार क्षेत्रमा ९५ सम्पदा रहेका छन्।

प्रकाशित: Aug 22, 2023| 20:02 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्