मंगलबार, असार ३१, २०८२

ब्रिक्स शिखर सम्मेलन आजदेखि, समूह विस्तार मुख्य एजेण्डा

 |  मंगलबार, भदौ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

vianetvianet

काठमाडौं- ब्राजिल, रुस, भारत, चीन र दक्षिण कोरिया सम्मिलित ब्रिक्सको १५ औं शिखर सम्मेलन आजदेखि दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सुरु हुँदैछ। उक्त शिखर सम्मेलनमा समूह विस्तार गर्ने विषयलाई मुख्य एजेण्डाको रुपमा प्रस्तुत गरिने भएको छ। 

रुस-युक्रेन युद्ध र अमेरिका-चीन द्वन्द्व चलिरहेको समयमा हुन लागेको ब्रिक्सको १५औं शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ दक्षिण अफ्रिका पुगिसकेका छन्। रुसी राष्ट्रपतिविरुद्ध पक्राउ आदेश जारी भएको हुँदा विदेशमन्त्री लाभरोभ सम्मेलनमा सहभागी हुने भएका हुन्। 

ब्रिक्सको जोहानेसबर्गमा हुने शिखर सम्मेलनले आफ्नो प्रभाव विस्तार गर्न र विश्वव्यापी भूराजनीतिमा परिवर्तन ल्याउने प्रयासमा केन्द्रित हुने अपेक्षा गरिएको छ। आयोजक राष्ट्र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले दक्षिण अफ्रिका कुनै पनि विश्व शक्तिको पक्षधरता नलिने प्रष्ट पारेका छन्। 

ईरानका इब्राहिम राइसी र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसहित ब्रिक्स सदस्यबाहेक करिब ५० अन्य राष्ट्र प्रमुख तथा प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने आयोजक राष्ट्रले जनाएको छ।

प्रकाशित: Aug 22, 2023| 18:22 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्