बुधबार, जेठ २७, २०८३

'ओली पनि पक्राउ पर्छन्, त्यही डरले संसद् अवरुद्ध गरिरहेका छन्'

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

काठमाडौं- सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन्। आज संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।

National life

चौधरीले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाए। उनले सबै काण्डमा अग्रपंक्तिमा केपी ओलीको नाम आए पनि किन पक्राउ नगरेको भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको बताए। पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद् अवरुद्ध गरिहेको आरोप उनले लगाए।

चौधरीले भने, ‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भनेँ कि सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिसकेको छ। जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन्। हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौं। केपी ओली चाँडै पक्राउ पर्दैछन्। त्यसकै डरले केपी ओलीले संसद् अवरोध गर्ने बखेडा झिकिरहेका छौं। यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ। मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ।’

प्रमुख सचेतक चौधरीले आफूले जे बोल्ने त्यो हुने र आफूले बोलेअनुसार नै राजनीतिक कोर्ष अघि बढ्ने ठोकुवा पनि गरे।

प्रकाशित: Aug 22, 2023| 17:35 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्