बुधबार, जेठ २७, २०८३

भिडियो कल गरेर अश्लिल काम गर्ने युवक समातिए

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

भिडियो कलमा अश्लीलता प्रदर्शन गर्ने एक युवक पक्राउ परेका छन्। सामाजिक सञ्जालमा फेसबुक म्यासेन्जरमा भिडियो कल गरी अश्लीलता प्रदर्शन गर्ने अर्घाखाँची घर भई ललितपुर महानगरपालिका- १९ बस्ने २९ वर्षीय तुफान केसी पक्राउ परेका हुन्।

National life

उनलाई सोमबार काठमाडौंबाट पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। उनले  भिडियो कलमा अश्लीलता प्रदर्शन गरेको र अपमानजनक शब्द प्रयोग गरी चरित्र हत्या गरेको भन्दै पीडित महिलाले ब्युरोमा उजुरी दिएकी थिइन्।

अनुसन्धानका क्रममा केसीको संलग्नता रहेको खुल्न गएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो।  काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

 

प्रकाशित: Aug 22, 2023| 17:30 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्