बुधबार, जेठ २७, २०८३

‘नेपाल-भारत साहित्य महोत्सव’मा पुस्तक विमोचन तथा छलफल

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

भारतीय राजदूतावास, काठमाडौंले ‘नेपाल–भारत साहित्य महोत्सव’ अन्तर्गत ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम गरेको छ। नेपाल–भारत पुस्तकालयमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरीशचन्द्र लालले बी.पी कोइराला फाउण्डेशनको सहयोगमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल में हिंदी’ को विमोचन गरेका थिए।

National life

कार्यक्रममा नेपालका कविद्वय स्नेह सायमी र राजेन्द्र शलभको नेपालीबाट हिन्दीमा अनुदित कविता संग्रह ‘उजाले के रंग’ र स्नेह सायमीको नेपाली कविता संग्रह ‘चश्मा र आँखाको वार्ता’ बारे चर्चा गरिएको थियो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका हिन्दी प्राध्यापक डा. श्वेता दिप्ती, प्रतिष्ठित कवि विधान आचार्य र वरिष्ठ साहित्यकार डा. रामदयाल राकेशले आ–आफ्नो विचार राखेका थिए।

सम्बोधनका क्रममा प्रमुख अतिथि सर्वोच्चका पूर्व न्यायाधीश लालले नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धमा साझा संस्कृति तथा दुवै देशको भाषाको महत्वबारे प्रकाश पारे। कार्यक्रममा ठूलो संख्यामा लेखक, शिक्षक, भाषाविद् तथा साहित्यप्रेमीको उपस्थिति थियो।

 

प्रकाशित: Aug 22, 2023| 17:04 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्