मंगलबार, असार ३१, २०८२

अवैध लागूऔषधसहित आठ जना पक्राउ

प्रहरीले कैलाली, घोडाघोडी, मेचीनगर, दमक, बिर्तामोड, घोराही, सुर्खेतको भेरीगंगालगायत स्थानबाट अवैध लागूऔषधसहित विभिन्न व्यक्तिलाई पक्राउ गरेको हो। 
 |  मंगलबार, भदौ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

vianetvianet

काठमाडौं– प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले कैलालीको धनगढी उपमहानगर–३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित घोडाघोडी नगरपालिका–१० का २३ वर्षीय उमेश चौधरीलाई सोमबार दिउँसो पक्राउ गरेको छ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो। यस्तै, झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय मिलिग्रामसहित दमक नगरपालिका–९ का ३० वर्षीय रमेश सिवालाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। यसैगरी झापाको बिर्तामोड नगरपालिका–३ मेची आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम र नगद ७६ हजार ३१५ रुपैयाँसहित सोही ठाउँका ३४ वर्षीय रोशन राजवंशीसमेत २ जनालाई सोमबार राती प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलील पक्राउ गरेको छ। 

दाङको घोराही उपमहानगर–४ सिस्ने खोलाबाट  अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्रामसहित सोही उपमहानगर–१४ का ३८ वर्षीय राजु रोकामगर र सोही उपमहानगर–४ का २० वर्षीया सविता नेपालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

घोराही उपमहानगर–४ सिस्नेखोलाका सोमराज रैदासको घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोस्ट चौघेराबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। 

यसैगरी दाङको घोराही उपमहानगर–१७ भैसाही चोकबाट रा३प६३३८ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगर–१४ खोलीगाउँका ३२ वर्षीय सुशील गहतराजलाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब २ ग्राम ८९ मिलिग्रामसहित गुर्भाकोट नगरपालिका–१३ का १९ वर्षीय सनिम सिरिष सोमबार बेलुकी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 22, 2023| 14:12 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्