बुधबार, जेठ २७, २०८३

एक जनालाई कुटपिट गर्ने सात जना पक्राउ

घोराही उपमहानगर–१३ का एक पुरुषलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको हो। 
 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

काठमाडौं– दाङ प्रहरीले एक जनालाई अपहरण गरी कुटपिट गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ।

National life

घोराही उपमहानगर–१३ का एक पुरुषलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत राजनकुमार गौतमले बताए।

पक्राउ पर्नेमा घोराही उपमहानगर–१९ का २४ वर्षीय हीरा सुनार, २० वर्षीय मनोज घर्तीमगर, ३२ वर्षीय दीपक सुनार, २३ वर्षीय जीवन सुनार, ३४ वर्षीय खिमबहादुर घर्ती र घोराही–१३ का दुई युवकसहित सात रहेका छन्। 

कुटपिट गर्नेविरुद्ध अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा जाहेरी लिई दाङ जिल्ला अदालतबाट पाँच दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Aug 22, 2023| 13:55 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्