बुधबार, जेठ २७, २०८३

आदित्यनाथको गोडा छोएको विषयमा के भने रजनीकान्तले ?

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

गत साता दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरे। सुरुमा उनले मुख्यमन्त्रीलाई हात जोडेर नमस्कार गरे र त्यसपछि गोडा छोएर आशीर्वाद पनि लिए। योगीका अगाडि रजनीकान्त झुकेको तस्बिर सार्वजनिक भएपछि सोसल मिडियामा गरमागरम बहस भइरहेको छ।

National life

मानिसहरुले भनेका छन्- रजनीकान्त उमेरले आदित्यनाथभन्दा निकै सिनियर हुन्। आफूभन्दा अग्रजलाई गोडा छुन दिनु गलत हो। रजनीकान्त ७२ वर्षका भए भने योगीको उमेर ५१ वर्ष हो। कतिपयले भने यसलाई सामान्य रुपमा लिनुपर्ने तर्क गरिररहेका छन्।

सोसल मिडियामा बहस छेडिएपछि रजनीकान्तले पनि मुख खोलेका छन्। उत्तर प्रदेशबाट चेन्नई पुगेपछि उनले भने- योगी र संन्यासीको गोडा छुनु मेरो आदत नै हो। उमेरले खास अर्थ राख्दैन।

रजनीकान्त आफ्नो पछिल्लो फिल्म जेलरको स्क्रिनिङका लागि उत्तर प्रदेश पुगेका थिए। उनी आफ्नो फिल्म मुख्यमन्त्री आदित्यनाथसँग बसेर हेर्न चाहन्थे। तर, योगीको व्यस्तताका कारण यो सम्भव भएन। रजनीकान्त बीजेपी निकट मानिन्छन्।  

 

Shivam cement

प्रकाशित: Aug 22, 2023| 13:16 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्