बुधबार, जेठ २७, २०८३

नारायणीमा माछा मार्न ११९ जनालाई मात्र लाइसेन्स

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

चितवन राष्ट्रिय निकुञ्जले नदीमा आश्रित १९२ जनालाई नारायणी नदीमा माछा मार्न पाउने लाइसेन्स दिएको छ। हरेक साउनमा नारायणी र राप्तीमा माछा मार्ने लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ।

National life

नदीमा माछा मारेर जीवन निर्वाह गर्दै आएका परिवारलाई वैधानिक रूपमा माछा मारेर जीवनयापन गर्न निकुञ्जले अनुमति दिने गरेको छ। लाइसेन्स पाउनेहरु नदी किनारमा बसोबास गर्ने बोटे, माझी, मुसहर र थारु समुदायका स्थानीय छन्।

नवीकरणबापत वार्षिक एक सय रुपैयाँ शुल्क लाग्छ। नवलपरासी, चितवन र मकवानपुरका स्थानीयलाई लाइसेन्स दिइएको हो।

सामान्यतया एउटा परिवारवाट एक जनालाई लाइसेन्स दिने चलन छ। जसको नाममा माछा मार्ने लाइसेन्स छ, उसैले मात्र नारायणी र राप्तीमा माछा मार्न पाउँछ।

प्रकाशित: Aug 22, 2023| 12:13 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्