मंगलबार, असार ३१, २०८२

सम्पर्कविहीन भए १२ जना सशस्त्र प्रहरी

सम्पर्कविहीन हुनेमा दुई हवल्दार र १० जना जवान रहेका छन् ।
 |  मंगलबार, भदौ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

vianetvianet

काठमाडौं– सशस्त्र प्रहरी बलको केन्द्रीय मुख्यालयले १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएको जनाएको छ। उनीहरू केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएको कार्यालयले सूचना निकालेर बताएको हो। सम्पर्कविहीन हुनेमा दुई हवल्दार र १० जना जवान रहेका छन्।

कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफुखुसी ब्यारेक छाडेर सम्पर्कमा नरहेको कार्यालयको सूचनामा भनिएको छ। सम्पर्कविहीन हुनेमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका–१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी–३ का हरि किसुन थारु रहेका छन्।

कार्यालयका अनुसार सम्पर्कविहीन हुने जवानमा झापाका प्रेम बुढाथोकी, उदयपुरकी गायत्रा बोहरा, मोरङका लीलाबहादुर लिम्बू, हुम्लाका वीरजन रोकाया, सिरहाका सन्तोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रविन तामाङ र कैलालीका अमानत शेष रहेका छन्।

कार्यालयको सम्पर्कमा नआएका १२ जनालाई नै सात दिनभित्र गैरहाजिर हुनुको मनासिव कारणसहित सम्पर्कमा आउन सूचना जारी भएको छ। सम्पर्कमा नआए कारबाही प्रक्रिया अगाडि बढाइने सशस्त्रको सूचनामा उल्लेख छ।

प्रकाशित: Aug 22, 2023| 10:38 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्