मंगलबार, असार ३१, २०८२

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ आज

 |  मंगलबार, भदौ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

vianetvianet

काठमाडौं-  नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। सोमबार प्रधानन्यायाधीश नियुक्त भएका श्रेष्ठले आज दिउँसो १:४५ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्।

उनलाई सोमबार संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अनमोदन गरेको हो। न्याय सेवामा ४० वर्ष अनुभव बटुलेका प्रधानन्यायाधीश श्रेष्ठ रोलक्रमअनुसार सर्वोच्चका प्रधानन्यायाधीशमा संवैधानिक परिषद्ले सिफारिस गरेको थियो। 

२०४१ पुसदेखि न्याय सेवा छिरेका कैलालीको धनगढी मूलघर भएका श्रेष्ठले न्यायिक निकायकै सर्वोच्च पद प्रधानन्यायाधीश बन्ने अवसर पाएका हुन्। २० असोज २०१६ मा डोटीको सिलगढी जन्मिएका प्रधानन्यायाधीश श्रेष्ठ उमेर हदबन्दीका कराण २० असोज २०८१ सम्म न्यायालयको नेतृत्वमा रहनेछन्।

गत २० साउनमा प्रधानमन्त्री अध्यक्षताको संवैधानिक परिषद् बैठकले सर्वोच्चको प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश श्रेष्ठको नाम सिफारिस गरेको थियो। संविधानको धारा १२९ (३) मा लेखिएअनुसार सर्वोच्चको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष कार्यरत व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने भनिएको छ।

सर्वोच्चमा हाल श्रेष्ठसहित अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, सुष्मालता माथेमा, प्रकाशकुमार ढुंगाना, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र  मनोजकुमारलगायत १४ जना न्यायाधीश छन्। सर्वोच्चमा १५ न्यायाधीश हुने संवैधानिक व्यवस्था छ। तर वरिष्ठतमलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने अभ्यासअनुसार श्रेष्ठलाई सिफारिस गरिएको थियो।

प्रकाशित: Aug 22, 2023| 10:25 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्