बुधबार, जेठ २७, २०८३

बाढीपहिरोले देशभरका ६ राजमार्ग पूर्णरूपमा अवरुद्ध

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

काठमाडौं- अविरल वर्षाका कारण बाढी–पहिरो जाँदा ७ वटा राजमार्ग अवरूद्ध भएका छन्। सडक विभागका अनुसार तमोर करीडोरअन्तर्गतको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारमा अवरूद्ध रहेको छ।

National life

कोशी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान धनकुटा हिले, लेघुवाघाट–तुम्लिङ्गटार खाँदवारी–नुम किमाथाङ्का जोड्ने सडक संखुवासभाको मुढेमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।

बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी जोड्ने सडक पनि नुवाकोटको निगालेमा अवरूद्ध रहेको छ।

राप्ती राजमार्गअन्तर्गत अमेलिया–तुल्सिपुर–शितलपाटी थारमारे मुसीकोट जोड्ने सडक सल्यानको जलेखर्कमा अवरूद्ध रहेको छ। तानसेन–रिडी–कोरला जोड्ने सडक मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न ठाउँमा अवरुद्ध रहेको विभागले जानकारी दिएको छ।

यता ठोरी–भरतपुर–मुग्लिङ, आँबुखैरेनी गोरखा–घ्याम्पेसाल, आरूघाट सिर्दिवास–रोइला भञ्ज्याङ जोड्ने सडक चितवनको नाम्सी पुलमा अवरूद्ध रहेको छ। मनसुनजन्य गतिविधि सुरू भएयता बाढी–पहिरोबाट २७ वटा राजमार्गको २ सय १६ ठाउँमा क्षति पुगेको विभागको अद्यावधिक तथ्यांकमा उल्लेख छ। 

Shivam cement

प्रकाशित: Aug 22, 2023| 10:12 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्