बुधबार, जेठ २७, २०८३

ट्रिनिडाड एन्ड टोबागोमा फसेका तीन नेपालीको उद्धार

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०
National life
Shivam cement

वासिङ्‍टन डीसीस्थित नेपाली दूतावासले ट्रिनिडाड एन्ड टोबागो सरकारको सहयोगमा त्यहाँ फसेका तीन नेपालीको उद्धार गरेको छ। दूतावासका अनुसार सेरसाङ तामाङ, तीर्था लामा वाइवा र याङजेन शेर्पाको उद्धार गरिएको हो। तीनैजना काठमाडौं आइपुगिसकेका छन्।

उनीहरु त्यहाँ एक महिनादेखि फसेका थिए। अध्यागमन स्टाटसका कारण उनीहरु पियार्को अन्तराष्ट्रिय विमानस्थलमा अड्किएका थिए। नेपाली दूतावासले उद्धारमा सहयोग गर्ने ट्रिनिडाड एन्ड टोबागो सरकार र त्यहाँ रहेका नेपाली तेजबहादुर लामालाई धन्यवाद दिएको छ।

साथै दूतावासले क्यारेबियन देशहरुको यात्रा गर्दा आवश्यक सावधानी अपनाउन पनि सबै नेपालीहरुलाई आग्रह गरेको छ।

प्रकाशित: Aug 22, 2023| 08:14 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्