मंगलबार, असार ३१, २०८२

नारायणगढ-मुग्लिन सडक आज दिनभर नखुल्ने

 |  मंगलबार, भदौ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

vianetvianet

नारायण-मुग्लिन सडक खण्डमा खसेको पहिरो ९ घण्टासम्म पनि पन्छाउन सकिएको छैन। सोमबार राति ८ बजेदेखि सुख्खा पहिरोबाट बन्द भएको सडकको पहिरो पन्छाउन अझै समय लाग्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

कार्यालयले सूचना जारी गर्दै २ वटा मेसिनले लगातार पहिरो पन्छाइरहेको भए पनि अझै समय लाग्ने जनाएको हो। डिभिजन प्रमुखको नेतृत्वमा इन्जिनियर, सब इन्जिनियर, मेशिन अपरेटर, सुपरभाइजर लगायतका टोली उक्त स्थानमा अनवरत रूपमा खटिई रहेको पनि कार्यालयले सूचना मार्फत जानकारी दिएको छ।

आज बिहान ५ बजे आफ्नो फेसबुक पेजमा सूचना राख्दै सडक डिभिजनले पूर्ण रूपमा पहिरो पन्छाउन अझै समय लाग्ने भएकोले सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गरी यात्रा गर्न सुझाएको छ।
 

प्रकाशित: Aug 22, 2023| 07:00 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्