बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्री जोशीसँग सीआईबीले लियो बयान

ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्री जोशीसँग सीआईबीले लियो बयान

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०
National life
Shivam cement

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ। जोशीलाई प्रहरीले सोमबार दिउँसो बयानका लागि बोलाए पनि आज बयान हुन नसक्ने भन्दै फर्काएको थियो। 

२०६९ मा पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गर्ने निर्णय हुँदा चन्द्रदेव जोशी भूमि सुधार तथा व्यवस्था मन्त्री थिए। चन्द्रदेव जोशीले पनि टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेको आरोपमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

पशुपति टिकिन्छा गुठी खडा गर्दा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छानबिन समितिको ठहर छ। 

प्रकाशित: Aug 21, 2023| 21:08 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्