बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सशस्‍त्र प्रहरीका दुई डीआईजीसहित एसएसपी र एसपीहरुको सरुवा, को कहाँ? 

सशस्‍त्र प्रहरीका दुई डीआईजीसहित एसएसपी र एसपीहरुको सरुवा, को कहाँ? 

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

काठमाडौं- गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डिआइजी) सहित १० एसएसपी र ५ एसपीको सरुवा गरेको छ। गृह मन्त्रालले डीआईजी कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरूवा गरेको छ भने प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देही पठाएको छ। 

National life

सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरूवा गरिएको छ।

त्यस्तै, एसएसपीहरू प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भूपेन्द्र केसीलाई जवान तालिम शिक्षालय बाँकेबाट प्रधान कार्यालय मानव स्रोत विभागमा सरूवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

त्यस्तै, एसएसपीहरू कमलप्रसाद तिउसिनालाई प्रशिक्षण प्रतिष्ठानबाट पाथिभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई विन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देहीबाट बडीमालिका जवान  तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासीबाट प्रधान कार्यालय कार्य विभाग, उद्धवबहादुर न्यौपानेलाई प्रधान कार्यालय भण्डार महाशाखाबाट पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ र किरण ढुंगानालाई बैधनाथ बाहिनी मुख्यालय कैलालीबाट प्रधान कार्यालय सीमा सुरक्षा विभागमा सरूवा गरिएको जनाइएको छ।

नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरूवा गरिएको छ। दानबहादुर कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी महानिरीक्षकको सचिवालयमा, डा. मनोजकुमार केसीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा, भूपेन्द्रबहादुर खत्रीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखा सुर्खेतबाट जिल्ला प्रहरी परिसर काठमाडौंमा, सानुराम भट्टराईलाई प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयबाट राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा र सोमेन्द्रसिंह राठौरलाई प्रधान कार्यालय कार्य निर्देशनालयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयना सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

Shivam cement

प्रकाशित: Aug 21, 2023| 19:14 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्