बुधबार, जेठ २७, २०८३

कर्णालीमा १३२ केभी प्रसारण लाइन जोडिने 

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०
National life
Shivam cement

जाजरकोट- ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा छ महिनाभित्र १३२ केभी प्रसारण लाइन जोडिने बताएका छन्।

कर्णाली प्रदेशको सुर्खेतमा नेकपा (माओवादी केन्द्र) ले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा विद्युतीकरणका लागि १४ अर्बको ठेक्का लागेको बताए। विद्युत् नपुगेका ठाउँमा सौर्य मिनिग्रेटमार्फत उज्यालो पुर्‍याउने काममा मन्त्रालय जुटेको उनले जानकारी दिए।

मन्त्री बस्नेतका अनुसार दुई वर्षभित्र कर्णालीका सिँचाइ योग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ। उनले दुई वर्षभित्र कर्णाली भरी विद्युतीकरणको काम पूरा गर्ने दाबी गरे। मन्त्री बस्नेतले पार्टीलाई श्रम र उत्पादनमा जोड्नका लागि सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: Aug 21, 2023| 20:02 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्