बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ललिता निवास जग्गा प्रकरण : पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

ललिता निवास जग्गा प्रकरण : पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। 

National life

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले ललिता निवास प्रकरणमा पक्राउ परेलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो।

सीआईबीले अनुसन्धान सकेर आजै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने भनिएको थियो। अनुसन्धानको काम नसकिएपछि प्रहरीले म्याद थप गरेको हो।

सो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलगायत सीआईबीको हिरासतमा रहेका छन्।

प्रकाशित: Aug 21, 2023| 17:42 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्