थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन्। रक्षा मन्त्रालयमा भएको भेटमा थाइ नेपाल एसोशिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि विदेशमा रही सोही देशको नागरिकका रुपमा काम गरिरहेको बताए।
साथै उनीहरुले आफूहरु नेपालीकै सन्तान भएको भन्दै पहिचान खुल्ने व्यवस्था मिलाइदिन आग्रह गरे। भेटमा थाइ नेपाल एसोशिएसनका प्रतिनिधिहरुले आफूहरुलाई नेपाल आवतजावत गर्न पाउने तथा गैरआवासीय नेपालीको परिचयपत्र उपलब्ध गराउन आग्रह गरे।
उपप्रधानमन्त्री खड्काले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै संविधानको परिधिभित्र रहेर यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि छलफल गर्ने आश्वासन दिए।