बुधबार, जेठ २७, २०८३

कहाँ हराए प्राध्यापक दलबहादुर अधिकारी?

गत ३२ साउनमा बूढानीलकण्ठस्थित पञ्चकन्या कोलनीबाट निस्किएका ६८ वर्षीय अधिकारी हालसम्म नभेटिएका हुन्। 
 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

काठमाडौं– बूढानीलकण्ठस्थित आफ्नै घरबाट बाहिर निस्किएका प्राध्यापक डा दलबहादुर अधिकारी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्। गत ३२ साउनमा बूढानीलकण्ठस्थित पञ्चकन्या कोलनीबाट निस्किएका ६८ वर्षीय अधिकारी हालसम्म नभेटिएका हुन्। 

National life

भाइ रनबहादुरका अनुसार ३२ साउन बिहान पौने ११ बजेतिर दाइ घरबाट बाहिर निस्किएका थिए। दलबहादुर अघिपछि कोलनीमा ‘वाक’ गर्दै आए पनि हराउने दिन गेट खुला हुँदा बाहिर निस्किएको भाइ रनबहादुर बताउँछन्। 

‘दाइलाई बिर्सने रोग (अल्जाइमर्स) छ। एक वर्षदेखि कोलनीको गेटभन्दा बाहिर एक्लै जानुभएको थिएन। ३२ दिन कोलनीभित्रै मर्निङ वाक गरेर चिया–नास्ता खाएर बस्नुभएको थियो। गेट खुला हुँदा बाहिर निस्कनुभएको रहेछ। प्रहरी, साथीभाइ जतासुकै सम्पर्कमा रहे पनि हालसम्म भेट्न सकिएन,’ भाइ रनबहादुरले भने। 

रुसबाट विद्यावारिधि गरेका अधिकारी गणितका प्राध्यापक हुन्। लामो समय त्रिचन्द्र कलेजमा अध्यापन गरेका अधिकारीले काठमाडौं विश्वविद्यालयलगायत अरू क्याम्पसमा पनि पढाएका थिए। ‘हाल धुम्बाराहीमा रहेको नेसनल कलेजका अध्यक्षसमेत रहे पनि रोगले च्याप्दै लगेपछि तीन वर्षअघि छाड्नुभएको थियो। बोलेको कुरा छिनमै बिर्सने, व्यक्तिगत काम गर्न गाह्रो भइरहेको थियो,’ भाइ रनबहादुरले भने।

अधिकारीले घर छाड्नासाथ खोजी कार्य सुरु गरिए पनि हालसम्म फेला पार्न नसकिएको भाइ रनबहादुरले बताए। हराउने दिन बूढानीलकण्ठ नजिकैको समलीगाउँको सिसीटिभीमा देखिए पनि खोज्दै जाँदा फेला पर्न नसकेको उनको भनाइ छ।  शनिबार अपराह्न ४ बजे चावहिलस्थित गणेश मन्दिरमा टीका लगाएको खबर सुन्नासाथ मन्दिरको सीसीटिभी हेरिए पनि नदेखिएको भाइ रनबहादुरले जानकारी दिए।

Shivam cement

भाइ रनबहादुरका अनुसार घरबाट निस्किएका दिन दाइ दलबहादुरले हल्का सेतो रङको सर्ट, खरानी रङको सुरुवाल र कालो मोजा लगाएका थिए। जन्मजात ओठ फाटेका अधिकारी सुगरबाट पीडित छन्।

प्रकाशित: Aug 21, 2023| 14:14 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्