काठमाडौं– कैलाली र झापाबाट खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले कैलालीका विभिन्न स्थानबाट चार र झापाको मेचीनगरबाट एक जनालाई पक्राउ गरिएको बताएको हो।
कैलालीबाट पक्राउ पर्नेमा धनगढी उपमहानगर बस्दै आएका ३१ वर्षीय पप्पु राना, १९ वर्षीया करिष्मा छेडाल, ३० वर्षीय शाहिल नेपाली र १८ वर्षीय एक किशोर रहेका छन्।
प्रहरीले पप्पु राना र करिष्मा छेडाललाई करिब ३ सय ग्रामसहित धनगढी उपमहानगर–८ क्याम्पस चोकबाट, शाहिल नेपालीलाई ३ सय मिलिग्रामसहित धनगढी उपमहानगर–१ स्थित शिव मन्दिर नजिकबाट र किशोरलाई ३१० मिलिग्रामसहित धनगढी उपमहानगर–१५ कनरीबाट पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका–६ बद्री टोलका ३२ वर्षीय वसन्त राई आइतबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ।