बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • म्युजिक भिडियोमा सीमित हुने भो सारुकको अन्तिम फिल्म 'ह्यासट्याग माया'

म्युजिक भिडियोमा सीमित हुने भो सारुकको अन्तिम फिल्म 'ह्यासट्याग माया'

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०
National life
Shivam cement

काठमाडौं- सारुक ताम्राकारको अन्तिम फिल्म ‘ह्यासट्याग माया’लाई म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिने भएको छ। फिल्ममा समावेश उनको मात्र दृश्यांशलाई समेटेर भिडियो रिलिज गर्न लागिएको हो।

सारुकको मेहनत र अन्तिम कामलाई दर्शकमाझ ल्याएर श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले भिडियो बनाउन लागिएको निर्माण पक्षले बताएको छ। ‘ट्रिब्युट टु सारुक’नाम दिइएको भिडियोमा सारुकसँगै अर्की एक अभिनेत्रीको दृश्यलाई मात्र समेटिने भएको छ। यसमा नम्रता श्रेष्ठको दृश्यलाई समावेश नगरिने बताइएको छ।

आत्महत्या गर्नुअघि सारुक यो फिल्ममा व्यस्त थिए। घटना भएकै दिन पनि फिल्मको छायांकन भएको थियो। गत असार २१ गते राति सारुक काठमाडौंको रातोपुलस्थित घरमा मृत भेटिएका थिए।

प्रकाशित: Aug 21, 2023| 11:29 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्