बुधबार, जेठ २७, २०८३

सीतापाइलामा बसभित्रै बालिका बलात्कृत

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०
National life
Shivam cement

काठमाडौंको सीतापाइलामा रोकिराखेको बसभित्रै एक बालिका बलात्कृत भएकी छन्। कक्षा ५ मा अध्ययन गर्ने बालिकालाई ५१ वर्षीय पुरुषले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

बलात्कार आरोपमा नागार्जुनको भीमढुंगाका ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाइएको छ। बसभित्र बलात्कार गर्दै गरेको बेला ती बालिकाका भाइले देखेपछि घटना बाहिर आएको थियो। 

प्रहरीका अनुसार घटना असार ३० गतेको हो। महर्जनले ती बालिकालाई बलात्कार गरेर कसैलाई नभन्नु भन्दै २५० रुपैयाँसमेत दिएका थिए। बलात्कार आरोपमा पक्राउ पर्ने महर्जन बसको समय हेर्न ‘टाइम किपर’को रुपमा काम गर्दै आएका व्यक्ति हुन्। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

प्रकाशित: Aug 21, 2023| 11:13 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्