बुधबार, जेठ २७, २०८३

ललिता निवास प्रकरणमा सीआईबीलाई बयान दिए बाबुरामले

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

काठमाडौं- ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीसमक्ष पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बयान दिएका छन्। यसको जानकारी उनी आफैंले आज ट्विटरमार्फत दिएका छन्।

National life

उनले भनेका छन्
'ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो सुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।'

हालै सर्वोच्च अदालतले भट्टराईसँगै अर्का पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि पनि यस प्रकरणमा छानबिन गर्न बाटो खुलेको थियो। नेपालले भने सीआईबीलाई बयान दिए-नदिएको बारे सार्वजनिक रुपमा केही बताएका छैनन्।

 

प्रकाशित: Aug 21, 2023| 10:36 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्