शुक्रबार, साउन २, २०८२

बाढीपछिको गेग्रान खोतल्दा भेटियो डेढ करोड नगद

 |  आइतबार, भदौ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

vianetvianet

काठमाडौं- गत आइतबार आएको बाढीले खण्डहर बनाएको कागबेनी क्षेत्रमा डेढ करोडभन्दा बढी नगद भेटिएको छ। यो रकम प्रभु र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हो। गेग्रान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासीसमेतको समूहले प्रभु बैंकको ५१ लाख ६२ हजार र इन्भेष्टमेण्ट बैंकको १ करोड ५ लाख भेटिएको हो।

बाढीले प्रभु बैंकको भवन बाढीले बगाएको थियो। भग्नावशेष खोतल्ने क्रममा बैंकको लकर फेला परेको छ र लकरभित्र नगद भेटिएको छ।

बाढीले इन्भेष्टमेण्ट मेगा बैंकमा पनि क्षति पुर्‍याएको थियो। बाढीले थुपारेको गेग्रान पन्छाउने क्रममा सो बैंकको १ करोड ५ लाख फेला परेको इलाका प्रहरी कार्यालय कागबेनीले बताएको छ। सुरक्षित रहेको रकम दुवै बैंकले लगिसकेका छन्। 

अहिले तीनवटै सुरक्षा निकाय र स्थानीय संघसंस्था मिलेर भग्नावशेष पन्छाउने र गेग्रान सफा गर्ने काम गरिरहेका  छन् भने जनजीवन सामान्य अवस्थामा फर्किसकेको छ।  खानेपानी र विद्युत आपूर्तिसमेत नियमित भइसकेको छ।

प्रकाशित: Aug 20, 2023| 17:11 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुग्ने हैन त पुनहिल ?

पुग्ने हैन त पुनहिल ?

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।
सीपले बदलेको जिन्दगी

सीपले बदलेको जिन्दगी

चौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकी छन्। उनीसँगै नरेठाँटीका सात जना महिला यही...