बुधबार, जेठ २७, २०८३

बलात्कार आरोपी किशोरको भक्तपुर बाल सुधार गृहमा मृत्यु

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०
National life
Shivam cement

भक्तपुर बाल सुधार गृहमा एक किशोरको मृत्यु भएको छ। रामेछापको मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आज बिहान मृत्यु भएको  हो। उनी बलात्कार आरोपमा तीन वर्षदेखि सुधार गृहमा थिए।

शनिबार राति बेहोस भएका बस्नेतलाई आज बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो। अस्पतालले केहीबेरमै मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका छन्। उनीहरूले सुधार गृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाएका छन्।

प्रकाशित: Aug 20, 2023| 16:29 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्