बुधबार, जेठ २७, २०८३

मानवरहित अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०
National life
Shivam cement

रुसले चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्।  उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो।

लूना-२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो। यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो। मानवरहित उक्त यान चन्द्रमाको दक्षिणी ध्रुवमा नियन्त्रित अवतरण गर्ने क्रममा थियो। अवतरण गर्नुअघिको कक्षमा पुगेपछि त्यसमा समस्या देखिएको थियो।

रुसी सरकारी अन्तरिक्ष निकाय रोसकोमोसले लूना-२५ मा समस्या देखा परेलगत्तै त्यससँग सम्पर्क गुमाएको जनाएको छ। उक्त यानको अवतरण सोमवारका लागि तय गरिएको थियो। चन्द्रमाको उक्त क्षेत्रमा बरफ र महत्त्वपूर्ण तत्त्वहरू हुन सक्ने वैज्ञानिकहरूले ठानेका छन्।

प्रकाशित: Aug 20, 2023| 15:15 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्