मंगलबार, फागुन २६, २०८२

तीनपाटन गाउँपालिकाले दलित समुदायका बुहारीलाई निःशुल्क पढाउने

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

सिन्धुली- सिन्धुलीको तीनपाटन गाउँपालिकाले दलित समुदायभित्रका बुहारीहरुको उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न एक कार्यक्रम ल्याएको छ। आइतबार एक सुचना जारी गर्दै गाउँपालिकाले तीनपाटन गाउँपालिका क्षेत्रभित्रका सरकारी/सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरी रहेका र गर्न चाहने बुहारीहरुलाई क्याम्पसमा लाग्ने भर्ना शुल्क नलिने बताएको हो। 

National life

'बुहारीहरुलाई स्नातक बा सोभन्दा माथिल्लो तह अध्ययनका लागि क्याम्पसमा लाग्ने भर्ना शुल्क र सिक शुल्क गाउँपालिकावाट ब्योहोर्ने गरी 'सासूको इच्छा, बुहारीलाई शिक्षा' नामक कार्यक्रम सञ्चालनमा ल्याइएको छ,' सुचनामा उल्लेख छ। 

कार्यक्रमबाट लाभ लिनका लागि बुहारी भए सासू वा छोरी भए आमाले आफ्नी बुहारी/छोरीलाई स्नातक/स्नातकोत्तर तहको कुनैपनि वर्ष वा सेमेष्टरमा भर्ना गर्न स्वयंले क्याम्पसमा लैजानुपर्ने व्यवस्था गरिएको छ। 

साथै महिला अभिभावक परिवारमा नभएमा एकासगोल परिवारभित्रका अन्य महिला नातेदारले पनि छोरी वा बुहारीलाई क्याम्पस भर्ना गर्न लैजानसक्ने व्यवस्था सुचनामा उल्लेख छ। 

लाभ लिनको लागि पुर्याउनुपर्ने विधिबारे थप उल्लेख गर्दै सुचनामा भनिएको छ, 'अभिभावक समेत नभएमा सम्बन्धित वडाको महिला बडा सदस्यले माथि उल्लेख भएको कार्यक्रमबाट लाभ पाउने छोरी वा बुहारीलाई स्नातक/स्नातोत्तर तह अध्ययनका लागि क्याम्पसमा भर्ना गर्न लैजानुपर्नेछ।' 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 20, 2023| 14:57 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्