बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सहकर्मी युवतीलाई दु:ख दिने नेपाल आज अनलाइनका सञ्चालक गुरागाईं दोषी ठहर

सहकर्मी युवतीलाई दु:ख दिने नेपाल आज अनलाइनका सञ्चालक गुरागाईं दोषी ठहर

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

नेपाल आज डटकम नामक अनलाइनका सञ्चालक माधवप्रसाद गुरागाईं साइबर अपराधको कसूरमा दोषी ठहर भएका छन्।

National life

एक जना पूर्व सहकर्मीलाई फोन तथा सामाजिक सञ्जालमा सन्देश पठाएर जिस्क्याउने, फकाउने, धम्क्याउने गरेको भन्दै जाहेरी परेको थियो। २०७८ चैतमा गुरागाईंविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौंले गुरागाईंलाई दोषी ठहर गरेको हो।

विद्युतीय कारोबार सम्बन्धी कसूरअनुसार गुरागाईंलाई जिल्ला अदालतले २० हजार बिगो र सोही मात्रामा जरिवाना हुने फैसला गत माघ २९ गते सुनाएको थियो। फैसलाको पूर्ण पाठ अहिले सार्वजनिक भएको हो। न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले गुरागाईंको म्यासेजबाट पीडित महिलालाई मानसिक हैरानी तथा तनाव पुर्‍याएको फैसला गरेको हो। ऐनको दफा ४७ को उपदफा १ मा महिलालाई जिस्क्याउने, हैरानी पार्ने, अपमान गर्ने वा अन्य अमर्यादित कार्य गर्न, गराउन निषेध छ।

यस्तो कसुर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। गुरागाईंको हकमा भने उनको आर्थिक-सामाजिक हैसियत सामान्य भएको भन्दै न्यूनतम सजाय तोकेको हो।

 

Shivam cement

प्रकाशित: Aug 20, 2023| 14:35 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्