बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भारतले प्याजमा लगायो ४० प्रतिशत निर्यात कर, कस्तो पर्ला असर नेपालमा?

भारतले प्याजमा लगायो ४० प्रतिशत निर्यात कर, कस्तो पर्ला असर नेपालमा?

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०
National life
Shivam cement

काठमाडौं- भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ। उत्पादनमा कमी आएर मूल्य बढेपछि भारतको वित्त मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो।

कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने भारतको अपेक्षा छ। विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ। निर्यात करले भारतीय प्याजमा निर्भर नेपालसहितका मुलुकमा मूल्य बढ्ने अनुमान छ। नेपालले यसअघि नै बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ।

भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत भ्याटका कारण अब प्याज काट्दामात्र होइन, किन्दा पनि आँशु आउने निश्चित छ। नेपाली बजारमा अधिकांश प्याज भारतबाटै आउँछ। सिजनल मात्र घरेलु उत्पादन हुने भएकाले नेपाली भान्छा भारतीय प्याजमा नै निर्भर रहँदै आएको छ।

प्रकाशित: Aug 20, 2023| 13:24 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्