बुधबार, जेठ २७, २०८३

अविवाहित युवतीबाट जन्मिएको बच्चा अस्पतालबाटै गायब भएपछि...

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

मोरङमा अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै गायब भएको छ। अस्पतालमै जन्मिएको नवजात शिशु गायब भएपछि प्रहरीले दुईजनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

National life

साउन १४ गते विराटनगरको ग्रिनक्रस हस्पिटलमा शिशुको जन्म भएको थियो। गर्भवती पत्नीलाई लिएर युवक सुरुमा एक क्लिनिकमा गएका थिए। त्यसपछि क्लिनिकको सल्लाहअनुसार उनीहरु ग्रिनक्रस अस्पताल पुगेका थिए।

त्यहाँबाट शिशु गायब भएपछि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा अस्पतालका डाक्टर तपेश्वरलाल कर्ण र शिशुका बाबु भनिएका गोविन्द राई हुन्।

अस्पतालले नवजात शिशु अविवाहित जोडीकै जिम्मा लगाएको दाबी गरेको छ। उनीहरुले भने शिशु आफूले जिम्मा नलिएको र अस्पतालले नै गायब पारेको आरोप लगाएका छन्।

बेपत्ता पारिएका शिशुको अवस्थाबारे पनि केही जानकारी नमिलेको प्रहरीले बताएको छ।

Shivam cement

प्रकाशित: Aug 20, 2023| 12:52 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्